बजार क्षेत्रमा टिप्पर नचलाउन माग

सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्परका कारण दुर्घटनाको जोखिम बढेको र सडकमा समेत क्षति पुगेको भन्दै पाँचवटा टोल विकास संस्थाले संयुक्त रूपमा टिप्पर सञ्चाललनको विरोध गरेका हुन् ।

चैत्र १५, २०८२

दुर्गालाल केसी

Demand not to operate tippers in market areas

दाङ — घोराही उपमहानगरपालिका-१४ का बासिन्दाले बजार क्षेत्रमा टिप्पर सञ्चालन गर्न नहुने भन्दै आवागमनमा रोक लगाएका छन् ।

घोराही–१४ अन्तर्गत सरस्वती टोल विकास संस्था, संगम टोल, बसन्त विहार टोल विकास संस्थालगायत पाँचवटा टोल विकास संस्थाले संयुक्त रूपमा टिप्पर सञ्चाललनको विरोध गरेका हुन् ।

सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्परका कारण दुर्घटनाको जोखिम बढेको र सडकमा समेत क्षति पुगेको भन्दै उनीहरूले विरोध जनाएका हुन् ।

स्थानीयले अवरोधपछि आइतबार बिहानैदेखि टिप्पर बाटोमै रोकिएका छन् ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully