दाङमा टिपरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयद्वारा सडक अवरूद्ध

शुक्रबार दिउँसो टिपरको ठक्करबाट स्थानीय ५१ वर्षीया जुठी पुनको मृत्यु भएको हो ।

चैत्र १३, २०८२

दुर्गालाल केसी

Woman dies after being hit by tipper in Dang, locals block road

दाङ — घोराही उपमहानगरपालिका-१३ भ्युडरमा रोल्पाबाट घोराहीतर्फ आउँदै गरेको टिपरले ठक्कर दिँदाएक जनाको मृत्यु भएपछि स्थानीयले सडक अबरुद्ध पारेका छन् । 

शुक्रबार दिउँसो टिपरको ठक्करबाट स्थानीय ५१ वर्षीया जुठी पुनको मृत्यु भएको हो । घटनापछि मृतकको शव सडकमा राखेर स्थानीय आन्दोलित भएका छन् । उनीहरूले घोराही-रोल्पा सडक अबरुद्ध गरेका छन् । टिपरको खोजी गरी सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully