दाङमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

तुलसीपुर उपमहानगरपालिका–१९ दोघर्रे निवासी ३४ वर्षीय गोपाल वलीले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती कमला वलीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

चैत्र १२, २०८२

दुर्गालाल केसी

Wife murdered with sharp weapon in Dang

दाङ — तुलसीपुरमा बिहीबार साँझ एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१९ दोघर्रे निवासी ३४ वर्षीय गोपाल वलीले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती कमला वलीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

धारिलो हतियार प्रहार गर्दा टाउको र अनुहारमा चोट लागेर गम्भीर घाइते भएकी कमलाको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगेकामा चिकित्सकले मृत घोषणा गरेका थिए । श्रीमान‍्लाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully