भन्सार छलेका साढे ८ लाखका मोबाइलका सामग्री बरामद

सुनवल नगरपालिका ११ भडेरीबाट प्रहरीले ८ लाख ५८ हजार बजार मूल्य पर्ने सामान बरामद गरेको हो ।

चैत्र ९, २०८२

नवीन पौडेल

Mobile phone accessories worth Rs 8.5 lakh seized for customs evasion

परासी — पश्चिम नवलपरासीको सुनवलमा भारतबाट भन्सार छली गरेर ल्याएको मोबाइलका सामग्री बरामद भएको छ।

सुनवल नगरपालिका ११ भडेरीबाट प्रहरीले ८ लाख ५८ हजार बजार मूल्य पर्ने सामान बरामद गरेको हो । 
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तका अनुसार सटरमा लुकाएर राखेको अवस्थामा २ हजार ५ सय वटा मोबाइलको सिसा, १ सय १० एयर पोड्स बरामद गरेको हो ।

गोप्य सूचनाको आधारमा बरामद गरिएका ती सामान थप अनुसन्धान तथा कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको छ ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully