साप्ताहिक चार उडान तालिका रहेको यस विमानस्थलमा पछिल्लोपटक तीन उडान हुँदै आएको छ । रेसुंगा विमानस्थलमा नेपाल वायुसेवा निगमको १८ सिट क्षमताको ट्विन अटर जहाजले उडान भर्दै आएको छ ।
गुल्मी — रेसुंगा विमानस्थलमा उडान तालिका परिवर्तन भएको छ । पछिल्लो तालिकाअनुसार आइतबार, मंगलबार र बिहीबार उडान हुनेछ । साप्ताहिक तीन उडान आइतबार, मंगलबार र शनिबार रहेकामा अब आइतबार, मंगलबार र बिहीबार उडान हुने रेसुंगा विमानस्थल गुल्मीका स्टेसन प्रमुख सुमन थापाले बताए ।
साप्ताहिक चार उडान तालिका रहेको यस विमानस्थलमा पछिल्लोपटक तीन उडान हुँदै आएको छ । रेसुंगा विमानस्थलमा नेपाल वायुसेवा निगमको १८ सिट क्षमताको ट्विन अटर जहाजले उडान भर्दै आएको छ ।
स्टेसन प्रमुख थापाका अनुसार काठमाडौंदेखि बिहान साढे ६ बजे र रेसुङ्गादेखि बिहान साढे ७ बजे उडान भर्ने गरेको छ । निगमले काठमाडौंबाट गुल्मीका लागि ७ हजार ५ सय रुपैयाँ र गुल्मीदेखि काठमाडौंका लागि ७ हजार ३ सय रुपैयाँ भाडादर तोकेको छ ।
पहाडी जिल्ला हवाई सेवासँग जोडिएपछि पर्यटकको संख्यामा वृद्धि र यात्रुको चाप अत्यधिक हुने गरेको छ । खराब मौसम हुँदा उडान स्थगित हुने यस विमानस्थलबाट दुई वर्षअघि नियमित उडान शुभारम्भ भएको थियो ।