सामाजिक सञ्जालको दुरुपयोग नगर्न कपिलवस्तु प्रशासनको आग्रह 

कसैले कानुनले निषेध गरेका गतिविधि गरे/गराएको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने प्रशासनको चेतावनी छ ।

चैत्र ९, २०८२

मनोज पौडेल

Kapilvastu administration urges people not to misuse social media

कपिलवस्तु —  जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले संयमतासाथ अघि बढनु पर्ने बेला समाजिक सञ्जालको दुरुपयोग नगर्न आग्रह गरेको छ । 

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले विज्ञप्ति जारी गर्दै असहमतिलाई वार्ता र संवादको माध्यमबाट समाधान गर्न सकिने विकल्प हुँदाहुँदै नागरिकको जीवनलाई प्रत्यक्ष असर पुग्ने गरी बन्द हडताल, चक्काजाम जस्ता गतिविधि नगर्न आग्रह गरेको हो । साथै प्रशासनले सामाजिक सञ्जालमा भ्रमपूर्ण अभिव्यक्ति नदिन पनि अनुरोध गरेको छ । 

कपिलवस्तु घटनाका दोषीउपर कानुनी कारबाही प्रक्रिया सुरू भइसकेको र घटनाका घाइतेको उपचार भइरहेको बेला सामाजिक सञ्जालमार्फत बन्द गरिएको हल्लाप्रति प्रशासन कार्यालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । तसर्थ कसैले कानुनले निषेध गरेका गतिविधि गरे/गराएको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने प्रशासनको चेतावनी छ । 

गत शनिबार जिल्लाको महाराजगन्ज नगरपालिका–२, बर्दगा गाउँमा दुई समुदायबीच विवाद हुँदा जिल्लाको दक्षिणी क्षेत्र अशान्त बनेको छ । 

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully