बीपी चोकमा शुभकामना साटासाट गर्न हिन्दु समुदायका व्यक्तित्व पनि पुगेका थिए । नमाज पढ्ने बेलामा पानी परेकाले यसअघि जस्तो रौनक भने देखिएन ।
नेपालगन्ज — मुस्लिम समुदायले पानीमा भिजेर सामूहिक नमाज पढ्दै नेपालगन्जमा ईद उल फित्र मनाएका छन् । नेपालगन्जमा आज पानी परेको छ ।
बीपी चोकस्थित मस्जिदमा एकअर्कामा अँगालो हालेर उनीहरुले शुभकामना साटासाट गरे । बीपी चोकमा शुभकामना साटासाट गर्न हिन्दु समुदायका व्यक्तित्व पनि पुगेका थिए । नमाज पढ्ने बेलामा पानी परेकाले यसअघि जस्तो रौनक भने देखिएन ।
ईद उल फित्रमा एक महिनासम्म रोजा बस्ने गरिन्छ । दिनमा ५ पटक नमाज पढिन्छ । सूर्य उदाउनुअघि बिहान र बेलुका सूर्य अस्तपछि सेहरी खाने खान्छन् र दिनभरि पानीसमेत नखाएर बस्छन् ।
ईद उल फित्रमा एक महिनासम्म रोजा बस्ने गरिन्छ । दिनमा ५ पटक नमाज पढिन्छ । सूर्य उदाउनुअघि बिहान र बेलुका सूर्य अस्तपछि सेहरी खाने खान्छन् र दिनभरी पानीसमेत नखाएर बस्छन् ।
मुसलमानहरूको पाँच महत्त्वपूर्ण कार्य रोजा, नमाज, हज, जकात र फित्तरा नियामानुसार गर्नुपर्ने तथा तिर्नुपर्ने भए पनि हजबाहेक सबै कार्य रमजान महिनामा प्राप्त गर्ने अवसर पाउने भएकाले पनि यो महिनालाई मुसलमानहरूले महत्त्वपूर्ण महिनाका रूपमा लिने गरेको मुस्लीम अगुवा सकिल अहमद कादरीले बताए ।
