लमही १३२ केभी सबस्टेसनमा आगलागी

आगलागीपछि सबस्टेसनबाट हुने विद्युत आपूर्ति अवरुद्ध भएको छ ।

चैत्र ६, २०८२

दुर्गालाल केसी

दाङ — १३२ केभी लमही सबस्टेसनको विद्युत कन्ट्रोल हाउसमा शुक्रबार आगलागी भएको छ । 

नेपाल विद्युत् प्राधिकरणअन्तर्गत प्रसारण ग्रिड कोहलपुर शाखाअन्तर्गत कन्ट्रोल हाउसमा विद्युत् सर्टका कारण आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीपछि सबस्टेसनबाट हुने विद्युत आपूर्ति अवरुद्ध भएको छ ।

आगो नियन्त्रणमा लिने प्रयास भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोषणराज पाण्डेले बताए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully