दाउन्नेमा रातको समयमा मालबहाक सवारी चलाउन रोक  

सडक विस्तार आयोजना पश्चिम खण्डले शुक्रबार सूचना जारी गर्दै सडक चिप्लो भएको र सवारी संचालनमा असहज भएको भन्दै राति ७ देखि बिहान ५ बजेसम्म मालबहाक सवारी चलाउन रोक लगाएको हो ।

चैत्र ६, २०८२

नवीन पौडेल

Ban on driving goods vehicles at night in Daunne

परासी — विस्तारको क्रममा रहेको नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत दाउन्नेमा चैत ८ गतेसम्म रातिको समयमा मालबहाक सवारी चलाउन रोक लगाइएको छ । 

सडक विस्तार आयोजना पश्चिम खण्डले शुक्रबार सूचना जारी गर्दै सडक चिप्लो भएको र सवारी संचालनमा असहज भएको भन्दै राति ७ देखि बिहान ५ बजेसम्म मालबहाक सवारी चलाउन रोक लगाएको हो । यस अवधीमा यात्रुबहाक र अत्यावश्यक क्षेत्रका सवारी भने संचालन हुने छ्न् । 

चैत ६ देखि ८ गतेसम्म रातको समयमा मालबहाक सवारी चलाउन रोक लगाएको सडक विस्तार आयोजना पश्चिम खण्डका सूचना अधिकारी विकास खनालले बताए । यो अवधीमा पश्चिमतर्फ बर्दघाट र पूर्वतर्फ दुम्किवासमा सवारी रोक्न सूचनामा अनुरोध गरिएको छ । 

दाउन्नेमा सडक ढलानको काम भैरहेकाले सामान्य वर्षामा पनि सडक चिप्लो भएर समस्या हुँदै आएको छ ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully