टिपरको ठक्करबाट मृत्यु

प्यूठान नगरपालिका-८ पाडाबाङमा टिपरले ठक्कर दिँदा राप्ती गाउँपालिका–१ भालुबाङ दाङ घर भएका वर्ष ३७ का अशोक परियारको घटनास्थलमै ज्यान गएको हो ।

चैत्र ५, २०८२

शमशेरविक्रम जीसी

Death due to tipper accident

प्यूठान — प्यूठानमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । प्यूठान नगरपालिका-८ पाडाबाङमा टिपरले ठक्कर दिँदा राप्ती गाउँपालिका–१ भालुबाङ दाङ घर भएका वर्ष ३७ का अशोक परियारको घटनास्थलमै ज्यान गएको हो । 

नौबहिनी गाउँपालिकाको लुप्लुङबाट बाग्दुलातर्फ आउँदै गरेको रा १ ख १८३९ नम्बरको टिपरले ठक्कर दिँदा सडक मजदुरीको काम गर्दै आएका परियारको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शमशेरविक्रम जीसी कान्तिपुरका प्यूठान संवाददाता हुन् ।

Link copied successfully