करारका शिक्षक यमप्रसाद शर्मालाई कालीकोटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी प्रमेश विष्टले बताए ।
बर्दिया — मधुवन नगरपालिका–५ रातामाटेस्थित आनन्द आधारभूत विद्यालयका फरार शिक्षकलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
करारका शिक्षक यमप्रसाद शर्मालाई कालीकोटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी प्रमेश विष्टले बताए । १५ वर्षीया बालिका छात्रामाथि विद्यालयको कक्षा कोठामा यौन दुरुपयोग गरेको आरोप छ । फागुन २७ गते उनकी आमाले ईलाका प्रहरी कार्यालय ढोढरीमा उजुरी दिएका डीएसपी विष्टले जनाए ।
