जिल्लाको मदाने गाउँपालिका-१ अग्लुङ्गमा ट्र्याक्टरले ठक्कर दिँदा ३५ वर्षीय शालिकराम चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।
गुल्मी — गुल्मीमा ट्र्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका-१ अग्लुङ्गमा ट्र्याक्टरले ठक्कर दिँदा ३५ वर्षीय शालिकराम चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।
अग्लुङ फेंदीबाट आएको रा १ त ३८६३ नम्बरको ट्र्याक्टरले बालुवा झार्ने क्रममा पछाडि टायरले च्याप्दा गम्भीर घाइते भएका चन्दलाई उपचारका गुल्मी अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनास्थलमा अस्थायी प्रहरी चौकी बाँझकटेरीबाट प्रहरी सहायक निरीक्षक छन्दविक्रम आचार्यको कमाण्डमा २ जना र इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको कमाण्डमा पाँचजनाको टोली घटनास्थलमा खटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
