निकुञ्जमा वनकस काट्न गएका वली चार दिनपछि मृत फेला

बाँसगढी नगरपालिका–४ अस्नेरीका ६५ वर्षीय प्रेमबहादुर वली निकुञ्जको कोर क्षेत्रमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।

फाल्गुन ३०, २०८२

रामप्रसाद चौहान 

Man found dead four days after going to cut down trees in the park

बर्दिया — राष्ट्रिय निकुञ्ज बर्दियामा वनकस काट्न गएका व्यक्ति चार दिनपछि मृत अवस्थामा फेला परेका छन् । 

बाँसगढी नगरपालिका–४ अस्नेरीका ६५ वर्षीय प्रेमबहादुर वली निकुञ्जको कोर क्षेत्रमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । 

गत सोमबार वली निकुञ्जभित्र वनकस काट्न गएका थिए । निकुञ्जले खरकडाइका लागि सोमबार र मंगलबार निकुञ्ज खोलेको थियो । वली वनकस काटेर घर नफर्किएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

शुक्रबार बिहान करिब ३ सय जनाको टोली खोजतलासका लागि निकुञ्ज प्रवेश गर्दा बाघको आक्रमणमा परी बाँसगढी नगरपालिका–४ का ५८ वर्षीय यामबहादुर खत्री घाइते भएको डीएसपी प्रमेश विष्टले जानकारी दिए । घाइते खत्रीको अहिले कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully