इनिसा विक हत्याका दोषीलाई कार्वाही माग गर्दै दाङमा विद्यार्थीको प्रदर्शन

तुलसीपुरस्थित ज्ञानज्योती माविका विद्यार्थीले न्यायको मागसहित प्रदर्शन गरेका हुन् ।

फाल्गुन २८, २०८२

दुर्गालाल केसी

Students protest in Dang demanding action against those responsible for Inisha Bik's murder

दाङ — वीरेन्द्रनगर–१ सुर्खेतकी १६ वर्षीया इनिसा विक हत्याका दोषीमाथि कारबाहीको माग गर्दै बिहीबार तुलसीपुरमा विद्यार्थीले प्रदर्शन गरेका छन् ।  

तुलसीपुरस्थित ज्ञानज्योती माविका विद्यार्थीले विकको बलात्कारपछि हत्या गरिएको भन्दै न्यायको मागसहित प्रदर्शन गरेका हुन् ।

बलात्कार र हत्याविरूद्ध कडा कानून लागू गर, बालिकालाई सुरक्षित गरौं, इनिसालाई न्याय दे, दोषीलाई कार्वाही गरलगातका नारा लगाउँदै  विद्यार्थीहरूले बजार परिक्रमा गरेका थिए ।

सुर्खेतको उषा बालबाटिका विद्यालयमा विज्ञान संकायमा कक्षा ११ मा अध्ययनरत विक गत शनिबार बिहान वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् । उपचारका लागि प्रदेश अस्पताल पुर्याएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully