कपिलवस्तु सदरमुकाम तौलिहवास्थित जिल्ला प्रहरी कार्यालय र मातहतका सात इलाका प्रहरी कार्यालयबाट २ हजार ६ सय ५८ निर्वाचन प्रहरीलाई बिदाइ गरिएको छ ।
कपिलवस्तु — फागुन २१ मा निर्वाचन भएर मतगणना सकिएसँगै कपिलवस्तुबाट निर्वाचन प्रहरीको बिदाइ गरिएको छ ।
कपिलवस्तु सदरमुकाम तौलिहवास्थित जिल्ला प्रहरी कार्यालय र मातहतका सात इलाका प्रहरी कार्यालयबाट २ हजार ६ सय ५८ निर्वाचन प्रहरीलाई बिदाइ गरिएको हो ।
तौलिहवामा आयोजित कार्यक्रममा ६ सय ७ जना निर्वाचन प्रहरीलाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रहरी उपरिक्षक सन्तोष आचार्य र पत्रकार महासंघ अध्यक्ष डिलाराम भुसालले प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा निर्वाचन प्रहरी सलोनी पाण्डेले सिकेका अनुभवलाई समाजपयोगी काममा सदुपयोग गर्ने बताइन् । त्यस्तै निर्वाचन अवधिमा प्राप्त अनुभव र सिकाइले आफूहरूलाई अनुशासित र जिम्मेवार नागरिक बन्न प्रेरणा दिएको पनि उनले सुनाइन् ।
सशस्त्र प्रहरी २८ नं गण मातहत रहेका ३ सय २५ निर्वाचन प्रहरीलाई पनि बिहीबार नै बिदाइ गरिएको छ ।
