प्रत्यक्षतर्फ रास्वपाले प्रदेशका २१ क्षेत्रमा जित हासिल गरेको छ । कांग्रेस–नेकपाले २–२ र एमालेले एक क्षेत्रमा जित प्राप्त गरेका हुन् । समानुपातिकतर्फ रोल्पा र रुकुम पूर्वमा नेकपा पहिलो दल बनेको छ । अन्य जिल्लामा रास्वपा पहिलो बनेको हो ।
भैरहवा — लुम्बिनी प्रदेशका १२ जिल्लामा १२ जिल्लामा समानुपातिकतर्फ रास्वपाले सर्वाधिक मत प्राप्त गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय पार्टी बनेका ६ दल मध्ये प्रदेशमा पहिलो रास्वपा, दोस्रो कांग्रेस, तेस्रो एमाले, चौथो नेकपा, पाँचौँ राप्रपा र श्रम संस्कृति छैटौं भएका छन् । लुम्बिनीका १२ जिल्लामा २६ निर्वाचन क्षेत्र छन् ।
प्रत्यक्षतर्फ रास्वपाले प्रदेशका २१ क्षेत्रमा जित हासिल गरेको छ । कांग्रेस–नेकपाले २–२ र एमालेले एक क्षेत्रमा जित प्राप्त गरेका हुन् । समानुपातिकतर्फ रोल्पा र रुकुम पूर्वमा नेकपा पहिलो दल बनेको छ । अन्य जिल्लामा रास्वपा पहिलो बनेको हो ।
प्रदेशमा रास्वपाले ९ लाख २८ हजार ३५२ मत प्राप्त गरेको छ । प्रदेशमा दोस्रो ठूलो दल बनेको कांग्रेसले ३ लाख ५ हजार ६८९, तेस्रो बनेको एमालेले २ लाख ९६ हजार ५१३, चौथो दल भएको नेकपाले १ लाख ५७ हजार ९७१ मत पाएका छन् । यसैगरी प्रदेशमा पाँचौँ ठूलो दल बनेको राप्रपाले समानुपातिकतर्फ ८० हजार ३ मत ल्याउादा श्रम संस्कृति पार्टीले २३ हजार ५०३ मत प्राप्त गरेको हो ।
निर्वाचन कार्यालयका अनुसार रुपन्देहीमा रास्वपाले २ लाख ४२ हजार ४०२ मत पाएको छ । कांग्रेसले ५१ हजार ९४९, एमालेले ५१ हजार ५९६, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २८ हजार ३०३, नेकपाले ११ हजार ३४८ र श्रम संस्कृति पार्टीले ८ हजार ३५६ मत समानुपातिकतर्फ प्राप्त गरेका छन् । गुल्मीमा रास्वपाले ५२ हजार ५२, एमालेले २८ हजार ९०५, कांग्रेसले २५ हजार ५५२, नेकपाले ५ हजार ७८६, राप्रपाले १ हजार ८९ मत र श्रम संस्कृति पार्टीले ९३६ प्राप्त गरेका छन् ।
अर्घाखाँचीमा रास्वपाले ३९ हजार ८५, एमालेले २० हजार ४५१, कांग्रेसले १७ हजार ६८१, नेकपाले ३ हजार ९७७, राप्रपाले ७२५ र श्रम संस्कृतिले ५७२ मत पाएका छन् । पश्चिम नवलपरासीमा समानुपातिकतर्फ रास्वपाले ९५ हजार ९७९, कांग्रेसले २० हजार ३३४, एमालेले १० हजार ७७४, राप्रपाले ७ हजार ५१७, नेकपाले २ हजार ९२१ र श्रम संस्कृति पार्टीले २ हजार ७५ मत पाएको छ ।
पाल्पामा रास्वपाले ५० हजार ४५२, एमालेले २४ हजार ९३७, कांग्रेसले २४ हजार ६ मत, नेकपाले ५ हजार २८६, श्रम संस्कृति पार्टीले ३ हजार ५५८ र राप्रपाले १ हजार ३९९ मत पाएको छ । कपिलवस्तुमा रास्वपा १ लाख ५४९ मतसहित पहिलो दल बन्दा कांग्रेसले ४६ हजार ३९१, एमालेले २५ हजार ६२०, नेकपाले २२ हजार ६३, राप्रपाले १७ हजार ९७४ र श्रम संस्कृति पार्टीले १ हजार ४५८ मत ल्याएको छ । प्यूठानमा रास्वपाले ३० हजार ७५२, एमालेले १६ हजार १९५, कांग्रेसले १५ हजार २२६, नेकपाले ९ हजार १८१, श्रम संस्कृति पार्टीले ९५५ र राप्रपाले ६८५ मत प्राप्त गरेका छन् ।
रोल्पामा नेकपाले २५ हजार ६२, रास्वपाले १३ हजार ६३८, कांग्रेसले ११ हजार ४९९, एमालेले १० हजार ९, राप्रपाले ८८६ र श्रम संस्कृति पार्टीले ७८८ मत लाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रुकुम पूर्वमा नेकपाले ९ हजार ४४३, एमालेले ३ हजार ३२९, कांग्रेसले २ हजार ८७०, रास्वपाले १ हजार ९७०, श्रम संस्कृतिले १७७ र राप्रपाले १५४ मत प्राप्त गरेका छन् । दाङमा रास्वपाले १ लाख ३१ हजार १ मत, कांग्रेसले ४१ हजार ४४८, एमालेले ३३ हजार ३५५, नेकपाले २३ हजार ७८०, राप्रपाले ५ हजार ८९१ र श्रम संस्कृतिले २ हजार ५६ मत ल्याएको छ ।
बर्दियामा रास्वपाले ८० हजार ४४३, कांग्रेसले ३१ हजार ६७७, नेकपाले २५ हजार ९४८, एमालेले २४ हजार २४०, राप्रपाले ४ हजार ४९३ र श्रम संस्कृतिले १ हजार ७७ मत प्राप्त गरेका छन् । बांकेमा रास्वपाले ९० हजार २९, एमालेले ४७ हजार १०२, कााग्रेसले ४० हजार ५६, नेकपाले १३ हजार १६६, राप्रपाले १० हजार ९१४ र श्रम संस्कृतिले १ हजार ४९५ मत पाएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।
