कपिलवस्तु-२ मा रास्वपाका थापा विजयी

कपिलवस्तु क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विक्रमसिंह थापा विजयी भएका छन् । थापाले ६ हजार १०८ मतान्तरले जितेका हुन् ।

फाल्गुन २४, २०८२

मनोज पौडेल

Thapa of RSVP wins in Kapilvastu-2

कपिलवस्तु — कपिलवस्तु क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विक्रमसिंह थापा विजयी भएका छन् । थापाले ६ हजार १०८ मतान्तरले जितेका हुन् ।

थापाले २७ हजार ६३५ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रराज आचार्यले २१ हजार ५२७ मत प्राप्त गरेका छन् । विजयी उम्मेदवार थापालाई मुख्य निर्वाचन अधिकृत रमेश शर्मा पौडेलले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका थिए । थापा पूर्वएसएसपी हुन् ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully