अन्तिम मतपरिणाम अनुसार उनले ३२ हजार ७९२ मत प्राप्त गरेको निर्वाचन अधिकृत शरोजनिधि वाग्लेले जानकारी दिए ।
नेपालगन्ज — बाँके–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुरेशकुमार चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार उनले ३२ हजार ७९२ मत प्राप्त गरेको निर्वाचन अधिकृत शरोजनिधि वाग्लेले जानकारी दिए ।
चौधरीको प्रतिस्पर्धी कांग्रेसका नारायण गौडेलले आधाभन्दा कम १५ हजार ३०१ मत प्राप्त गरेका छन् । यसैगरी, नेकपा (एमाले) का सूर्य ढकालले ११ हजार १५ मत प्राप्त गरेको निर्वाचन अधिकृत वाग्लेले बताएका छन् ।
