बर्दियामा रास्वपाका पोखरेल र थारुको अग्रता कायमै

बर्दिया क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई कांग्रेसका उम्मेदवार किशोरसिंह राठौर पछ्याइरहेका छन्।

फाल्गुन २२, २०८२

कमल पन्थी

बर्दिया — बर्दिया क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई कांग्रेसका उम्मेदवार किशोरसिंह राठौर पछ्याइरहेका छन् । पछिल्लो मतगणना अनुसार रास्वपाका उम्मेदवार श्रीधर पोखरेलले ४ हजार २ सय ८७ मत प्राप्त गरेका छन् । कांग्रेसका राठौरले ४ हजार २ सय ७० मत प्राप्त गरेका छन् । 

रास्वपाका पोखरेल भन्दा कांग्रेसका राठौर १७ मतले पछि रहेका छन् । नेकपाका सुरेश पन्थले ३ हजार २ सय ६० र एमालेकी विमला विकले १ हजार २ सय ६७ प्राप्त गरेकी छिन् । गेरुवा गाउँपालिकाको मतगणना सकिएपछि ठाकुरबाबा नगरपालिकाको मतगणना गरिने छ । क्षेत्र नम्बर २ मा ४ पालिका छन् ।

क्षेत्र नम्बर १ को मतगणनामा रास्वपाकै ठाकुरसिंह थारुले ४ हजार ७ सय ५२ मत प्राप्त गरेका छन् । नेकपाका विष्णु चौधरीले ९ सय ७, एमालेका शालिकराम अधिकारीले ९ सय ९८ र कांग्रेसका संजय गौतमले ५ सय ९८ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully