बर्दिया १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीधर पोखरेल ६ हजार १ सय १ मत र क्षेत्र नं २ मा ठाकुर सिंह थारु ५ हजार ७ सय ६० मतका साथ अग्रस्थानमा छन् ।
बर्दिया — जिल्लाको क्षेत्र नम्बर २ मा ताजा मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीधर पोखरेलले ६ हजार १ सय १ मत प्राप्त गरी अग्रस्थानमा छन् । उनलाई कांग्रेसका किशोरसिंह राठौरले ४ हजार ९ सय ८२, नेकपाका सुरेश पन्थले ३ हजार ८ सय ४७ र एमालेका विमला विकले २ हजार १ सय ५९ मत लिएर पछ्याइरहेका छन ।
यसै गरी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ठाकुर सिंह थारुले अग्रता कायम गरेका छन् । उनले ५ हजार ७ सय ६० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यसै गरी नेकपाका विष्णु चौधरीले १ हजार १४, एमालेका शालिकराम अधिकारीले १ हजार ३ सय १२ र कांग्रेसका संजय गौतमले ७ सय १७ मत पाएका छन् ।
