रुकुम पूर्वमा ५३ प्रतिशत मतदान, ३ स्थानका मतपेटिका हेलिकप्टरबाट ल्याइँदै

कुल ३४ हजार ७ सय ७२ मतदाता रहेको रुकुम पूर्वमा १८ हजार ६ सय ४ मत खसेको सहायक निर्वाचन अधिकृत ईश्वरीप्रसाद सुवेदीले बताए ।

फाल्गुन २१, २०८२

महेश केसी

53 percent voting in Rukum East, ballot boxes for 3 locations being brought in by helicopter

रुकुम पश्चिम — प्रतिनिधिसभा सदस्यका लागि बिहीबार भएको निर्वाचनमा रुकुम पूर्वमा करिब ५१ प्रतिशत मत खसेको छ ।

साँझ ५ बजे मतदान सम्पन्न भएपछि मतपेटिका संकलनको काम भइरहेको छ । जिल्लाका तीन स्थानका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदैछ । 

कुल ३४ हजार ७ सय ७२ मतदाता रहेको रुकुम पूर्वमा १८ हजार ६ सय ४ मत खसेको सहायक निर्वाचन अधिकृत ईश्वरीप्रसाद सुवेदीले बताए । ‘जिल्लाभर मतदान शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ । अब हामी मतपेटिका संकलनको कार्यमा जुटेका छौं,’ उनले भने ‘सिस्ने गाउँपालिका १ पाखापानीको मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट सदरमुकाम ल्याइएको छ । अब पुथाउत्तरगंगा गाउँपालिका २ स्थित हार्दिबाङ  र पेल्माबाट पनि हेलिकप्टरबाट मतपेटिका ल्याइदैछ ।’

जम्मा ४४ मतदानस्थलमा १ अस्थायीसहित ५७ मतदान केन्द्र रहेको रुकुम पूर्वमा अन्य अन्य स्थलबाट बिहीबार रातिसम्म मतपेटिका संकलन गरिने उनले बताए ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully