बाँकेमा २ लाख २२ हजार ३६६ मत खस्यो

जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा कुल २ लाख २२ हजार ३६६ मत खसेको छ।

फाल्गुन २१, २०८२

रूपा गहतराज

222,366 votes were cast in Banke.

नेपालगन्ज — बाँके जिल्लामा सम्पन्न निर्वाचनमा ६३.४६ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार जिल्लामा कुल २ लाख २२ हजार ३६६ मत खसेको छ। सार्वजनिक गरिएको अन्तिम विवरणअनुसार महिला मतदाता १ लाख १५ हजार ४५९, पुरुष १ लाख ६ हजार ९०४ र अन्य ३ जनाले मतदान गरेका छन्।

क्षेत्र नम्बर १ मा ७५ हजार १९९ मत खसेको छ। यसमध्ये महिला ४० हजार ३१३, पुरुष ३४ हजार ८८५ र अन्य १ जना रहेका छन्।

त्यस्तै क्षेत्र नम्बर २ मा ७२ हजार ६०९ मत खसेको छ। जहाँ  महिला ३४ हजार ६३०, पुरुष ३७ हजार ९७८ र अन्य १ जना रहेका छन्।

यस्तै क्षेत्र नम्बर ३ मा ७४ हजार ५५८ मत खसेको छ। यस क्षेत्रमा महिला ४० हजार ५१६, पुरुष ३४ हजार ०४१ र अन्य १ जना रहेका छन्।

रूपा

Link copied successfully