दाङमा पौडी खेल्दा डुबेर एक किशोरको मृत्यु

घोराहीमा पौडी खेल्ने क्रममा तालमा डुबेर मंगलबार बेलुका एक किशोरको मृत्यु भएको छ।

फाल्गुन २०, २०८२

दुर्गालाल केसी

A teenager drowns while swimming in Dang.

दाङ — घोराहीमा पौडी खेल्ने क्रममा तालमा डुबेर मंगलबार बेलुका एक किशोरको मृत्यु भएको छ। 

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१६ ठोकरैयाका १३ बर्षीय दिवश बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

दिनभरी होली खेलेर बेलुकापख साथीहरुसँग स्थानीय तालमा नुहाउन पसेका बुढा डुबेर वेपत्ता भएका थिए । 

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनलाई मृत अबस्थामा पोखरीबाट निकालेको थियो ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully