निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा बर्दियामा एक पक्राउ

मधुवन नगरपालिका–६ का ३७ वर्षीय केशरसिंह विक लावडलाई सोही ठाउँको सानोश्री बसपार्कबाट मंगलबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

फाल्गुन १९, २०८२

कमल पन्थी

One arrested in Bardiya on charges of anti-election activities

बर्दिया — प्रहरीले निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा बर्दियामा एक जनालाई पक्राउ गरेको छ । 

मधुवन नगरपालिका–६ का ३७ वर्षीय केशरसिंह विक लावडलाई सोही ठाउँको सानोश्री बसपार्कबाट मंगलबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

विकले गुलरिया–१ खैरापुरस्थित हुलाकी सडकमा शंकास्पद वस्तु राखेर बाटो अवरोध गरी निर्वाचन विरोधी क्रियाकलाप गरेको जिल्ला प्रहरी बर्दियाका सूचना अधिकारी डिएसपी प्रमेश विष्टले बताए । विकलाई नियन्त्रणमा लिएर कारवाही बढाइएको उनले बताए ।  

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully