गुल्मीमा दुवै क्षेत्रका लागि मतगणना स्थल तयार

क्षेत्र नम्बर १ को मतगणना जिल्ला समन्वय समितिको हल र क्षेत्र नम्बर २ को मतगणना रेसुङ्गा बहुमुखी क्याम्पसको हलमा गर्ने गरी मतगणना स्थल तयार गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।

फाल्गुन १९, २०८२

सन्तोष महतारा

Counting sites ready for both constituencies in Gulmi

गुल्मी — गुल्मीका दुवै निर्वाचन क्षेत्रका लागि मतगणना स्थल तयार गरिएको छ ।

दुई क्षेत्रका लागि छुट्टाटुट्टै मतगणना स्थल तयार गरिएको हो । क्षेत्र नम्बर १ को मतगणना जिल्ला समन्वय समितिको हल र क्षेत्र नम्बर २ को मतगणना रेसुङ्गा बहुमुखी क्याम्पसको हलमा गर्ने गरी मतगणना स्थल तयार गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।

मतगणना सीसीटीभी क्यामेराको निगरानीमा तारजालीको घेराबारभित्र गरिनेछ । जिल्लामा कुल २ लाख २९ हजार ५ सय ४९ मतदाता रहेका छन् । क्षेत्र नम्बर १ मा १ लाख २२ हजार १ सय ८६ र क्षेत्र नम्बर २ मा १ लाख ७ हजार ३ सय ६३ मतदाता रहेका छन् ।

सन्तोष

Link copied successfully