गाडीको ठक्करबाट साह घाइते भएका थिए । उपचारकै क्रममा साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडा — मकवानपुरको हेटौंडा उपमहानगरपालिका-४ कर्रामा गाडीको ठक्करबाट निर्वाचन प्रहरीको मृत्यु भएको छ।
वीरगञ्जतटर्फबाट आईरहेको वा प्र ०३-००१च १५६५ नम्वरको योद्ध गाडीले हेडौंडाबाट पशुपतिनगरतर्फ गइरहेको साइकललाई ठक्कर दिँदा २४ वर्षीय पवनकुमार साहको मृत्यु भएको हो ।
गाडीको ठक्करबाट साह घाइते भएका थिए । उनलाई उपचार निम्ति चितवन मेडिकल कलेजमा लगिएको थियो । उपचारकै क्रममा साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
रौतहटको विजयपुर घर भएका साहलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले इलाका प्रहरी कार्यालय पशुपतिनगरमा खटाएको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले निर्वाचन प्रहरीलाई ठक्कर दिने गाडी र चालक नियन्त्रणमा लिएको छ।
