बढैयाताल गाउँपालिका-१ भित्री सडक खण्डको सानो डाँफेबाट गाविस चोकतर्फ आउँदै गरेको स्कुल बसले ४ वर्षीया बालिकालाई ठक्कर दिएको जिल्ला ट्राफिक कार्यालय बर्दियाले जनाएको छ ।
बर्दिया — स्कुल बसको ठक्करबाट सख्त घाइते भएकी ४ वर्षीया बालिकाको उपचारका क्रममा आइतबार मृत्यु भएको छ । बढैयाताल गाउँपालिका-१ भित्री सडक खण्डको सानो डाँफेबाट गाविस चोकतर्फ आउँदै गरेको स्कुल बसले ठक्कर दिएको जिल्ला ट्राफिक कार्यालय बर्दियाले जनाएको छ ।
जेनिथ एकेडेमी एजुकेसनको भे १ ख ११५२ नम्बरको बसले हिँडिरहेकी बढैयाताल–४ कि मेविना बोहोरालाई ठक्कर दिँदा सख्त घाइते भएकी जिल्ला ट्राफिक प्रमुख सन्दीप बेल्बासेले बताए । सख्त घाइतेको जिल्ला अस्पताल गुलरियामा उपचारको क्रममा उनको मृत्यु भएको उनले जनाए । बस चालक जाजरकोट कुसे गाउँपालिका–९ का ४० वर्षीय प्रेमबहादुर सिंहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले बस पनि नियन्त्रणमा लिएको छ ।
