विज्ञ र योग्यलाई जोडेर कांग्रेसले विषम परिस्थितिमा देशलाई सम्हाल्छ : उपसभापति शर्मा

भदौ २३ र २४ सम्म सबै भएको थियो र केही पनि बाँकी थिएन भन्ने एमालेको सोच र भदौ २३ र २४ सम्म केही पनि भएकै थिएन भन्ने रास्वपाको सोचभन्दा कांग्रेस भिन्न रहेको पनि उपसभापति विश्वप्रकाश शर्माले बताए ।

फाल्गुन १६, २०८२

सन्तोष महतारा

Congress will handle the country in difficult circumstances by connecting experts and qualified people: Deputy President Sharma

गुल्मी — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले यसपटक विषम परिस्थितिमा निर्वाचन भएकाले कांग्रेसले देशको नेतृत्व गरेर सम्हाल्ने बताएका छन् । शनिबार गुल्मीको क्षेत्र नम्बर १, छत्रकोट गाउँ कार्यसमितिले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले यस्तो बताएका हुन् ।

कुनै व्यक्ति प्रधानमन्त्री भएर मात्रै मुलुक कायापलट नहुने भन्दै उनले सिंगो संरचना नै बलियो बन्नुपर्ने बताए । 'व्यक्ति होइन, हामीले संरचना नै बलियो बनाएर देश सम्हाल्ने हो,' उनले भने, 'प्रधानमन्त्रीसँग विज्ञ र योग्यको टिम हुनेछ भन्ने कांग्रेसको प्रतिज्ञा छ ।' उनले निर्वाचनपछि सिंहदरबारमा कांग्रेसका सभापति गगन थापा प्रधानमन्त्री बनेर सिंगो देशलाई सम्हाल्ने बताए ।

भदौ २३ र २४ सम्म सबै भएको थियो र केही पनि बाँकी थिएन भन्ने एमालेको सोच र भदौ २३ र २४ सम्म केही पनि भएकै थिएन भन्ने रास्वपाको सोचभन्दा कांग्रेस भिन्न रहेको पनि उपसभापति शर्माले बताए । 'देशमा केही भइरहेको थियो तर जति हुनुपर्ने हो त्यति भने भएको थिएन,' उनले भने, 'कांग्रेसले यसलाई बदल्न चाहन्छ, जसका लागि आफू बद्लिएर आएको छ ।'

सन्तोष महतारा

Link copied successfully