दुई स्थानीय तहद्वारा शुक्रबार सार्वजनिक बिदा

फागुन १५ मा आफ्नो समुदायको ऐतिहासिक पहिचान, भाषा, संस्कृति र अधिकारको संरक्षण र प्रवर्द्धन गर्दै मगर दिवस मनाइँदै आएको छ ।

फाल्गुन १४, २०८२

मनोज पौडेल

Two local levels declare Friday a public holiday

कपिलवस्तु — मगर दिवसको अवसर पारेर फागुन १५ मा जिल्लाका दुई स्थानीय तहले बिदा दिएका छन् । 

पूर्व–पश्चिम राजमार्गमा पर्ने वाणगंगा र शिवराज नगरपालिकाले बिदा दिएका हुन् ।

वाणगंगाका नगर प्रमुख चक्रपाणी अर्याल र शिवराजका नगर प्रमुख अजय थापाले सूचना जारी गर्दै अत्यावश्यक सेवाबाहेक नगरपालिका, वडा कार्यालय, स्वास्थ्य तथा शिक्षण संस्था बन्द हुने सार्वजनिक सूचना जारी गरेका हुन् ।

मगर दिवस फागुन १५ गते (नेपाल मगर संघको स्थापना दिवस) का रूपमा मगर समुदायको ऐतिहासिक पहिचान, भाषा, संस्कृति र अधिकारको संरक्षण र प्रवर्द्धन गर्दै मनाइँदै आएको छ ।

मनोज पौडेल

Link copied successfully