४४ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा स्थानीय सरकारले छुट्टाछुट्टै सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको जानकारी गराएका हुन् ।
गुल्मी — जिल्लाका १० पालिकाले शुक्रबार सार्वजनिक बिदा दिएका छन् । फागुन १५ गते मगर दिवसको अवसरमा जिल्लाका दुई पालिकाबाहेक १० पालिकाले सार्वजनिक बिदा दिएका हुन् ।
हालसम्म कालीगण्डकी, चन्द्रकोट, सत्यवती, रुरुक्षेत्र, गुल्मीदरबार, छत्रकोट, मालिका, इस्मा, मदाने गाउँपालिका र रेसुङ्गा नगरपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिएका हुन् ।
४४ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा स्थानीय सरकारले छुट्टाछुट्टै सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको जानकारी गराएका छन् ।
स्थानीय सरकारले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिए पनि औपचारिक कार्यक्रम भने खासै गर्ने गरेको पाइएको छैन । अघिल्लो वर्ष सात पालिकाले मात्रै बिदा दिएका थिए ।
