चुनावी माहोल बुझ्न कार्कीले यसअघि हिमाली जिल्लाहरू सोलुखुम्बु र मुस्ताङको पनि भ्रमण गरिसकेकी छिन्।
कपिलवस्तु — प्रधानमन्त्री सुशीला कार्की बुद्ध जन्मस्थल लुम्बिनीमा आएकी छिन्।
सेनाको हेलिकप्टरबाट शनिबार बिहान आएकी उनले लुम्बिनीस्थित मायादेवी मन्दिर, रोयल थाई मोनास्ट्री, विश्व शान्ति स्तुप र बज्रयान विहार अवलोकन गर्ने कार्यक्रम छ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वानचका लागि लुम्बिनी प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुख, निर्वाचनमा खटिने सुरक्षाकर्मी, सरोकारवालाहरूसँग चुनावी तयारीबारे वस्तुस्थिती बुझ्न कार्की शुक्रबार साँझ नै बुटवल आएकी हुन्।
चुनावी माहोल बुझ्न कार्कीले यसअघि हिमाली जिल्लाहरू सोलुखुम्बु र मुस्ताङको पनि भ्रमण गरिसकेकी छिन्।