पार्टीभित्र सक्रिय, मिलनसार र संगठन निर्माणमा समर्पित नेताका रूपमा परिचित जितेन्द्र हमालले प्रदेश सभा (२) मा संगठन विस्तार र कार्यकर्ता परिचालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
नेपालगन्ज — नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ प्रदेश सभा (२) का सभापति जितेन्द्र हमाल (कैलाश) को उपचारका क्रममा निधन भएको छ । नेपालगन्ज वडा नम्बर १२ निवासी कैलाशको शनिबार उपचारका क्रममा निधन भएको हो ।
नेता कैलाश केही समयदेखि अस्वस्थ रहँदै आएका थिए । उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको निधनले कांग्रेस बाँके–२ मात्र नभई समग्र क्षेत्रमै शोक छाएको छ ।
पार्टीभित्र सक्रिय, मिलनसार र संगठन निर्माणमा समर्पित नेताका रूपमा परिचित हमालले प्रदेश सभा ‘२’ मा संगठन विस्तार र कार्यकर्ता परिचालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
लामो समयदेखि क्यान्सरबाट पीडित रहेका उनको अन्त्यष्टि राप्ती नदीको बैकुण्ठधाम सिधनियाघाटमा गरिने बताइएको छ ।
