बिहीबार राति साढे ९ बजे तुलसीपुरको वीरेन्द्र चोकका रास्वपा सभापति रवि लामिछानेको स्वागतमा रहेका केही व्यक्तिले एमालेको झण्डा जलाएका थिए।
दाङ — तुलसीपुरमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका–६, गाइडहरका २४ वर्षीय विक्रम परियार र तुलसीपुर–४, हलवारका ३० वर्षीय रमेश राना मगरलाई शुक्रबार राति पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रेशम बोहोराले बताए ।
प्रहरीले शुक्रबार नै तुलसीपुर उपमहानगरपालिका–७, कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरेको थियो । झण्डा जलाउने कार्यमा संलग्न अन्यको खोजी भैरहेको उनले जानकारी दिए ।
बिहीबार राति साढे ९ बजे तुलसीपुरको वीरेन्द्र चोकका रास्वपा सभापति रवि लामिछानेको स्वागतमा रहेका केही व्यक्तिले एमालेको झण्डा जलाएका थिए।