तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले ०८० पुस १ मा गोरखाकी स्मिता भट्टलाई कोषको योजना प्रमुखमा ५ वर्षकालागि नियुक्ती दिएका थिए ।
लुम्बिनी — लुम्बिनी विकास कोषमा कानुन विपरीत दरबन्दी सृजना गरी सचिव सरहको योजना प्रमुख पदमा दिइएको नियुक्ती तत्काल खारेज गर्न माग गर्दै स्थानीय युवाको संस्था रिस्पोन्स टिमले ज्ञापनपत्र बुझाएका छन् ।
लुम्बिनी विकास कोष निमित्त सदस्य सचिव हिमाल उप्रेतीलाई शुक्रबार उनीहरु ज्ञापन बुझाएका हुन् ।
सचिवस्तरको दरबन्दी सिर्जना गर्न मन्त्रिपरिषद्को स्वीकृति, ओएनएम गरी राजपत्रमा प्रकाशन गर्नुपर्ने ब्यवस्था रहे पनि कुनै प्रक्रिया पूरा नगरी विनियमावली संशोधनमार्फत पद सिर्जना गरिएको भन्दै नियुक्तीका प्रक्रियबारे उच्तस्तरीय छानबिन गर्न पनि माग गरेका छन् ।
रिस्पोन्स टिमका संयोजक जमसेदअहमद खानलगायतको टोलीले बुझाएको ज्ञापनपत्रमा योजना प्रमुखलाई प्रदान गरिएको सबै सेवासुविधा असुलउपर गर्नुपर्ने र योजना प्रमुखले नदीजन्य पदार्थ निकासी सम्बन्धी दिएका पत्र र निर्णयमाथि छानबिन गरिनु पर्ने माग गरेका छन् ।
बिधिसम्मत तरिकाले माग तत्काल सम्बोधन नगरिए चरणबद्ध आन्दोलनका कार्यक्रम गरिने संस्थाका संयोजक खानले बताए । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले ०८० पुस १ मा गोरखाकी स्मिता भट्टलाई योजना प्रमुखमा ५ वर्षकालागि नियुक्ती दिलाएका थिए ।
