शुक्रबार साँझ सुरु भएकाे आगलागी नियन्त्रण प्रयास जारी रहेकाे प्रहरीले जनाएकाे छ ।
नेपालगन्ज — नेपालगन्जको सुर्खेत रोडस्थित वेस्टर्न मार्टमा आगलागी भएको छ । शुक्रबार साँझ सुरु भएको आगलागी ५ तले भवनको पहिलो र दोस्रो तलाबाट फैलिएको प्रहरीले जनाएको छ ।
आगो नियन्त्रणका लागि नेपालगन्ज र कोहलपुरबाट दमकल घटनास्थलमा पुगेका छन् । दमकल, प्रहरी र स्थानीयबासीको संयुक्त प्रयासमा आगो निभाउने प्रयास भरहेको छ ।
प्रहरीका अनुसार आगलागीको कारण खुलेको छैन । साथै, क्षतिको विवरण पनि संकलन भइरहेको छ । आगलागी फैलिन नदिन सुरक्षाकर्मीले भवन वरपरको क्षेत्रलाई नियन्त्रणमा लिएका छन् ।
