राजीनामा पत्रमा उनले विभिन्न कारणले गर्दा जिम्मेवारी निर्वाह गर्न नसकेको बताएका छन् ।
परासी — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१३ का सभापति जितबहादुर हरिजनले पार्टीबाट राजीनामा दिएका छन्।
राजीनामा पत्रमा उनले विभिन्न कारणले गर्दा जिम्मेवारी निर्वाह गर्न नसकेको बताएका छन् । बिहीबार उनले पार्टीका जिल्ला सभापतिलाई राजीनामा पत्र लेखेका हुन् ।
रास्वपाका एक जिल्लाका नेताले भने फागुन २१ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट कांग्रेसको राजनीति गर्दै आएका बिक्रम खनाललाई रास्वपाले उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका हरिजनले पार्टी छोड्ने निर्णय लिएको बताएका छन् ।
