एमाले नेता बजरंगीप्रसाद चौधरीले पार्टी छाडे

एमाले जिल्ला सचिवालय सदस्य रहेका चौधरीले पार्टीबाट राजीनामा दिए पनि तत्काल अन्य पार्टीमा नजाने बताए ।

फाल्गुन ५, २०८२

मनोज पौडेल

UML leader Bajrangi Prasad Chaudhary leaves the party

कपिलवस्तु — एमाले नेता तथा मायादेवी गाउँपालिका पूर्वअध्यक्ष बजरंगीप्रसाद चौधरीले पार्टी परित्याग गरेका छन् ।

जेन–जी आन्दोलनको मर्म अनुसार एमालेले संगठन प्रभावकारी रुपमा अघि बढाउन नसकेको भन्दै उनले पार्टी परित्याग गरेको सामाजिक सञ्जालबाट घोषणा गरेका छन् ।

एमाले जिल्ला सचिवालय सदस्य रहेका चौधरीले पार्टीबाट राजीनामा दिए पनि तत्काल अन्य पार्टीमा नजाने बताए । उनको पार्टी परित्याग गर्ने निर्णयलाई स्थानीय राजनीतिमा महत्वकासाथ हेरिएको छ । उनी एमालेका महाधिवेसन प्रतिनिधि तथा पार्टीको क्षेत्र नम्बर १ निर्वाचन समिति सहसंयोजक समेत रहेका थिए । 

कपिलवस्तु–१ मा प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार आशिष शर्मालाई सघाउन पार्टी परित्याग गरेको चौधरीले बताए । स्थानीय राजनीतिक वृत्तमा नेता चौधरीको हठात पार्टी परित्याग र स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने घोषणाले यहाँको चुनावी प्रतिस्पर्धा रोमाञ्चक बन्दै गएको छ ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully