बुटवलदेखि पाल्पातर्फ आउँदै गरेको लु ४९ प ७७९५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको लु २ ख १८८३ नम्बरको टिप्पर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।
पाल्पा — सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डमा शनिबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
बुटवलदेखि पाल्पातर्फ आउँदै गरेको लु ४९ प ७७९५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको लु २ ख १८८३ नम्बरको टिप्पर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।
पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान बजारनजिकै भएको दुर्घटनामा गुल्मीको कालीगण्डकी गाउँपालिका अन्तर्गत साविकको पुर्तीघाट गाविस–४ का ३१ को मिलन सार्की भएको नागरिकता भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अर्की एक महिलाको पहिचान नखुलेको प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक पुरुष र महिला घाइते भएको जानकारी पाउनासाथ प्रहरी चौकी दोभानबाट गएको टोलीले घाइतेहरुलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको प्रहरीले जनाएको छ ।
अस्पताल पुग्ने बित्तिकै उनीहरुलाई मृत घोषणा गरिएको थियो । दुर्घटनामा मोटरसाइकल ठक्कर दिने टिप्पर चालक प्रहरी नियन्त्रणमा छन् । जिल्ला प्रहरी पाल्पाबाट प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीको कमाण्डमा टोली खटिएर सवारी दुर्घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जनाइएको छ ।
बुटवल तानसेन सडक खण्डमा दैनिक ५ सय बढी टिप्पर संचालन हुन्छन् । अधिकभार बोकेका टिप्परले साइड नदिने, तीव्र गतिमा संचालन हुँदा दुर्घटना बढी हुने गरेको छ ।
