निर्वाचन प्रहरीलाई सर्पदंशसम्बन्धी तालिम

ईलाका प्रहरी कार्यालय बर्दघाटमार्फत तालिम लिइरहेका २ सय ४७ जनालाई सर्प पहिचान तथा सर्पदंश रोकथाम र व्यवस्थापन सम्बन्धी तालिम अभिमुखीकरण गरिएको हो ।

फाल्गुन १, २०८२

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीमा निर्वाचन प्रहरीका लागि सर्पदंश सम्बन्धी सचेतना मुलक तालिम प्रदान गरिएको छ ।

निर्वाचन प्रहरीको तालिमका अतिरिक्त तराइ क्षेत्रमा सर्पदंशसम्बन्धी समस्या हुने भएकाले सचेतना मुलक तालिम प्रदान गरिएको हो ।

ईलाका प्रहरी कार्यालय बर्दघाटमार्फत तालिम लिइरहेका २ सय ४७ जनालाई सर्प पहिचान तथा सर्पदंश रोकथाम र व्यवस्थापन सम्बन्धी तालिम अभिमुखीकरण गरिएको हो ।

संरक्षणकर्मी तथा फोटोपत्रकार राज अधिकारी र सर्प उद्धारकर्मी दुर्गा लामिछानेले सहभागीलाई सहजीकरण गरेका थिए । 

ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कृष्ण डाँगीले सर्पदंश सम्बन्धी सचेतताले निर्वाचनको समय र त्यसपछि पनि समाजमा सचेतना बढाउनका लागि यस्तो तालिम गराइएको बताए । पश्चिम नवलपरासीको दक्षिणी भेगमा सर्पदंशका घटना बढी हुने गर्दछ ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully