माघ ५ गते जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै निर्वाचन अवधिभरका लागि आफूसित रहेका इजाजत लिएका हातहतियार बुझाउन आग्रह गरेको थियो ।
बर्दिया — प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय प्रशासनको सूचना अनुसार चार थान हतियारमा संकलन भएका छन्।
माघ ५ गते जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै निर्वाचन अवधिभरका लागि आफूसित रहेका इजाजत लिएका हातहतियार बुझाउन आग्रह गरेको थियो ।
जिल्लाको केही ठाउँमा अवैध हतियार समेत रहेको आशंका प्रहरीको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डिएसपी देवेन्द्रकुमार मल्ले बुधबारसम्म जम्मा ४ थान मात्र इजाजत प्राप्त हतियार सर्वसाधारणले बुझाएको बताए ।
निर्वाचन सकिएपछि बुझाइएका हतियार फिर्ता दिइने छ । जिल्लामा इजाजत प्राप्त हतियारको संख्या एकिन नभएको प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले हतियार नबुझाउने माथि निगरानी राखिएको जनाए ।