भालुवाङबाट कालाकाटेतर्फ जाँदै गरेको ना ८ ख ३२६४ नम्बरको टिप्पर र कालाकाटेबाट भालुवाङतर्फ जाँदै गरेको रा १ ह ७३५५ नम्बरको अटो बिहीबार बिहान ठोक्किएका हुन् ।
दाङ — देउखुरीको कालाकाटेमा अटो र टिप्पर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–१ कालाकाटेका ३६ वर्षीय जोर कुमार पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
भालुवाङबाट कालाकाटेतर्फ जाँदै गरेको ना ८ ख ३२६४ नम्बरको टिप्पर र कालाकाटेबाट भालुवाङतर्फ जाँदै गरेको रा १ ह ७३५५ नम्बरको अटो बिहीबार बिहान ठोक्किएका हुन् ।
दुर्घटनामा घाइते पुनलाई उपचारका लागि भालुवाङ अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न टिप्पर र चालकलाई इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको छ । अटोमा विद्यालय जान लागेको ५ जना विद्यार्थी सवार रहेको र उनीहरू घाइते भएको प्रहरीले जनाएको छ ।