जिल्ला प्रशासनले माघ ५ गते सूचना प्रकाशन गरेर सर्वसाधारणसित बन्दुक प्रहरी समक्ष बुझाउन आग्रह गरेको थियो ।
कपिलवस्तु — प्रतिनिधिसभा सदस्य निर्वाचन भयरहित, स्वतन्त्र र निष्पक्ष रुपमा गर्नका लागि प्रहरीले सरकारबाट इजाजत प्राप्त एक सय ७२ नाल बन्दुक संकलन गरेको छ ।
इजाजत प्राप्त व्यक्तिका घरमा खटिएका प्रहरीले निर्वाचन अवधि भरका लागि ती हतियार संकलन गरेर जिल्ला प्रहरीमा राखेका हुन् । जिल्ला प्रशासनले माघ ५ गते सूचना प्रकाशन गरेर सर्वसाधारणसित बन्दुक प्रहरी समक्ष बुझाउन आग्रह गरेको थियो ।
माघ २७ गतेसम्म ती बन्दुक संकलन गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले बताए । ‘सूचना प्रकाशन भएपछि २०/२२ नाल हतियार मात्र संकलन भएका थिए,’ उनले भने, ‘त्यसपछि घरघर गएर संकलन संकलन गरिएको हो ।’ निर्वाचनपछि रित पूर्वक सूचना प्रकाशन गरेर सम्बन्धित धनीलाई हतियार फिर्ता गरिने उनले बताए ।
