पुल बनाउन खनेको खाल्टोमा मोटरसाइकल खस्दा दुई जनाको मृत्यु

लु ०२ ००१ प ११०२ नम्बरको मोटरसाइकल आइतबार राति खाल्डोमा खस्दा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

माघ २६, २०८२

दुर्गालाल केसी

Two killed after motorcycle falls into ditch dug for bridge construction

दाङ — घोराही तुलसीपुर सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका-१६ सेवार खोलामा पुल बनाउन खनिएको खाल्टोमा मोटरसाइकल खस्दा दुई जना पुरूषको मृत्यु भएको छ ।

लु ०२ ००१ प ११०२ नम्बरको मोटरसाइकल आइतबार राति खाल्डोमा खस्दा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

मृतकहरूको पहिचान खुल्न सकेको छैन ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully