सुस्तामा अवैध हतियारसहित एक व्यक्ति पक्राउ

अवैध रूपमा हतियार लुकाइ राखेको सूचनाका आधारमा प्रहरीले तलासी गर्दा हतियार बरामद गरेको हो ।

माघ २५, २०८२

नवीन पौडेल

A person was arrested with illegal weapons in Susta.

परासी — पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ बलिनगरबाट अवैधरुपमा राखिएको बन्दुकसहित एक जना पक्राउ परेका छन्।

शनिबार साँझ ६ बजे सुस्ता ५ का  श्रीराम कुर्मीको घरबाट १२ बोरको एक नाले बन्दुक, २ वटा खाली खोका र  छर्रा बनाउने सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी वीरदत्त पन्तले बताए । 

अवैध रूपमा हतियार लुकाइ राखेको सूचनाका आधारमा प्रहरीले तलासी गर्दा हतियार बरामद गरेको हो ।  पक्राउ परेका पटेललाई हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । 


नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully