वन्यजन्तु आक्रमण रोक्न माग गर्दै स्थानीयद्वारा बर्दिया प्रशासन घेराउ

बिहीबार चितुवाको आक्रमणबाट गुलरिया-४ का नन्दु रोकाय र मधुवन नगरपालिका-९ की मैसरा डाँगीको मृत्यु भएको थियोे ।

माघ २३, २०८२

कमल पन्थी

Locals surround Bardiya administration demanding an end to wildlife attacks

बर्दिया — एकैदिन वन्यजन्तुको आक्रमणमा परी जिल्लामा दुई जनाको ज्यान गएको विरोधमा शुक्रबार स्थानीयले जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गरेका छन्।

बिहीबार चितुवाको आक्रमणबाट गुलरिया-४ का नन्दु रोकाय र मधुवन नगरपालिका-९ की मैसरा डाँगीको मृत्यु भएको थियोे ।

पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, चितुवा मार्न पाउनुपर्नेलगायत धनजनको सुरक्षाको माग गर्दै स्थानीयले  शुक्रबार प्रशासन घेराउ गरेका हुन् । उनीहरुले जिल्ला प्रशासनको मूलगेटभित्र पसेर नाराबाजी गरेका छन्।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully