बर्दियामा चितुवाको आक्रमणबाट एकको मृत्यु

गुलरिया नगरपालिका–४ तुल्सीपुरका ३५ वर्षीय नन्दु रोकायको मृत्यु

माघ २२, २०८२

रामप्रसाद चौहान 

One killed in leopard attack in Bardiya

बर्दिया — चितुवाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–४ तुल्सीपुरका ३५ वर्षीय नन्दु रोकायको चितुवाको आक्रमणबाट बिहीबार दिउँसो मृत्यु भएको हो ।

बारबर्दिया नगरपालिका–११ बेलभार स्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाले आक्रमण गर्दा घटनास्थलमै रोकायको मृत्यु भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवबहादुर केसीले बताए ।

डिभिजन वन कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा चितुवाको आक्रमणबाट ७ जना ज्यान गएको  छ भने बाघ र हात्तीको आक्रमणबाट एक/एक जनाको ज्यान गएको छ । 

रामप्रसाद चौहान  रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully