सारसको वासस्थानको संरक्षणसँगै समुदाय सशक्तिकरणबारे सचेतना दिइएको प्रशिक्षक कैलाश जयसवालले बताए ।
लुम्बिनी — विश्वकै दुर्लभ पन्छी सारस संरक्षणप्रति सचेतना जगाउन दुईदिने सिटिजन साइन्टिस्ट तालिम दिइएको छ । रुफर्ड फाउन्डेसन साना अनुदान कार्यक्रमको सहयोगमा टेका समूह, काठमाडौंले लुम्बिनी आसपासका विद्यार्थीलाई सिटिजन साइन्टिस्टको तालिम दिएको हो ।
तालिममा सारसको महत्त्व, यसको संरक्षण र फाइदाबारे जानकारी दिइएको थियो । नेपालमा पाइने सारस र यसको विचरण, सारस बचेराको स्याहार तथा सारस कृषकको साथी भएको बारेमा जानकारी दिइएको सहभागी विद्यार्थीले बताए ।
सारस संरक्षणको काम गर्न नागरिक वैज्ञानिक तालिम दिइएको हो । सारसको वासस्थानको संरक्षणसँगै समुदाय सशक्तिकरणबारे सचेतना दिइएको प्रशिक्षक कैलाश जयसवालले बताए ।
तालिममा दुई छात्रासहित ५ जना सहभागी थिए । सहभागीलाई बाइनाकुलर, बड्स अफ नेपाल पुस्तक, टिसर्ट, टोपी र थर्मस प्रदान गरिएको थियो ।
