डाँफे सामुदायिक वनमा मृत अवस्थामा चितुवा फेला

चालु आर्थिक वर्षयता चितुवाको आक्रमणमा परी ६ जनाको ज्यान गएको छ ।

माघ १७, २०८२

कमल पन्थी

Leopard found dead in Danfe Community Forest

बर्दिया — राजापुर नगरपालिका–४ स्थित डाँफे सामुदायिक वनमा मृत अवस्थामा शनिबार बिहान चितुवा फेला परेको छ ।

मृत्यु भएको चितुवा वयस्क पोथी रहेको सव डिभिजन वन कार्यालय राजापुरले जनाएको छ । सब डिभिजन वन कार्यालय, राजापुरका फरेष्टर उदयलाल चौधरीले चितुवा कसरी मरेको भन्ने थाहा नभएको बताए । पोस्टमार्टम रिपोर्टपछि मात्रै थप जानकारी आउने उनको भनाइ छ ।

चालु आर्थिक वर्षयता चितुवाको आक्रमणमा परी ६ जनाको ज्यान गएको छ । सोही अवधिमा १/१ जनाले बाघ र हात्तीको आक्रमणमा परी ज्यान गुमाएका छन् । वन्यजन्तुको आक्रमणमा परी ६ जना गम्भीर र ५ जना सामान्य घाइते भएका छन् ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully