लुम्बिनी प्रदेशसभामा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी संशोधन विधेयक पेस हुँदै

मंगलबार टेबुल भएका दलित अधिकार र जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल हुने

माघ १४, २०८२

घनश्याम गौतम

Amendment bill regarding operation of District Coordination Committee being presented in Lumbini Provincial Assembly

बुटवल — बुधबारको बैठकमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारमा विभिन्न संघीय र प्रदेश आयोगबाट प्राप्त प्रतिवेदन पनि पेस गर्ने कार्यसूची रहेको छ ।

प्रदेशसभा सचिवालयका अनुसार बुधबारको सम्भावित कार्यसूचीमा प्रदेशसभा सदस्यले विशेष समयमा समसामयिक विषयमा बोल्ने, मुख्यमन्त्री चेतनारायण आचार्यले ‘जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ पेस गर्ने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सैद्धान्तिक छलफलका लागि पेस गर्ने र छलफलमा उठेको प्रश्नहरूको जवाफ दिने र स्वास्थ्यमन्त्री खेमबहादुर सारुले ‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सैद्धान्तिक छलफलका लागि पेस गर्ने र छलफलमा उठेका विषयमा जवाफ दिने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए । सैद्धान्तिक छलफलका लागि पेस हुने दुवै विधेयक मंगलबारको बैठकमा टेबुल भएका थिए ।

बुधबारको बैठकमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारमा विभिन्न संघीय र प्रदेश आयोगबाट प्राप्त प्रतिवेदन पनि पेस गर्ने कार्यसूची रहेको छ ।

घनश्याम गौतम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully