शुक्रबार रातिदेखि वर्षासँगै हिउँ परेपछि शनिबार बिहानबाट मध्यपहाडी लोकमार्गमा सवारी आवागमन ठप्प भएको थियो।
रुकुम पश्चिम — हिमपातका कारण अवरूद्व भएको मध्यपहाडी लोकमार्ग अन्तरगत रुकुम पूर्व खण्डको आवतजावत सुचारू भएको छ ।
शुक्रबार रातिदेखि वर्षासँगै हिउँ परेपछि शनिबार बिहानैबाट मध्यपहाडी लोकमार्गमा सवारी आवागमन ठप्प भएको थियो।
भूमे गाउँपालिका–१ पन्चासेदेखि बागलुङको सिमाना पाथीहाल्नेसम्म हिउँका कारण सवारीसाधन आवागमन अवरूद्व भएको हाे। भूमे गाउँपालिकाको जेसिबी मेसिनले राजमार्गको हिउँ पन्छाएपछि दिउँसोपछि यातायात संचालनमा आएको जिल्ला प्रहरी प्रमुख डिएसपी उमाशंकरप्रसाद यादवले जानकारी दिए।
